त्रिवि शिक्षण अस्पताल ल्याइएका १९३ शवमध्ये २४ को पहिचान, १६१ को व्यवस्थापन
काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १९३ जनाको शव महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पताल ल्याइएकामध्ये १७४ वटा शवको परीक्षण (पोष्टमार्टम) सम्पन्न भइसकेको छ।
अस्पतालमा ल्याइएका शवहरूमध्ये हालसम्म २४ जनाको मात्र पहिचान खुलेकाले ती शव परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ।
साथै, अस्पतालमा ल्याइएकामध्ये १५१ वटा शव र १० वटा अङ्गसहित कुल १६१ वटा शवको व्यवस्थापन भइसकेको डा. चौधरीले जानकारी दिएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment