भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजीमा जुटे १२ वर्षीय विवेक
काठमाडौं। महाराजगञ्जस्थित शिक्षण (टिचिङ) अस्पताल परिसरमा भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकहरूको फोटो टाँसेर खोजी अभियानमा जुटेका १२ वर्षीय बालक विवेक परियार यतिबेला सामाजिक सञ्जालमा छाएका छन्।
उनको यो निस्वार्थ मानवीय प्रयासलाई पछ्याउँदै अस्पताल परिसरमा विभिन्न सञ्चारमाध्यमको समेत उल्लेख्य उपस्थिति देखिएको छ।
लमजुङ घर भई हाल बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत विवेकले विपद्मा परेका मानिसहरूको खोजीका लागि देखाएको यो तत्परता र सामाजिक भावनाको चौतर्फी प्रशंसा भइरहेको छ।
भोटेकोशीको विनाशकारी बाढीपछि आफन्त खोज्न भौँतारिएका पीडित परिवारलाई सघाउन उनले आफ्नै पहलमा बेपत्ता व्यक्तिहरूको फोटो अस्पतालका भित्ताहरूमा टाँसेर सूचना संकलन तथा पहिचानमा सहजीकरण गरिरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment