चीनद्वारा नेपाललाई आपत्कालीन जल-मौसम सूचना निरन्तर उपलब्ध गराइने
काठमाडौं । नेपालमा उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले चीनले नेपालसँग आपत्कालीन जलविज्ञान तथा मौसमसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ।
चिनियाँ दूतावासका अनुसार यस प्रविधि र सूचना आदानप्रदानअन्तर्गत नदीमा सिर्जना हुने अवरोध (ब्यारियर) र हिमताल विस्फोटन वा हिमपहिरोबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमसम्बन्धी महत्त्वपूर्ण जानकारीहरू समेटिनेछन्।
चीन-नेपाल जोड्ने केरुङ-रसुवा सीमा नाकामा भीषण पहिरो गएपश्चात् चिनियाँ मौसम अधिकारीहरूले नेपाललाई मौसमी निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा प्रभावमा आधारित सेवाहरू लगातार उपलब्ध गराउँदै आएका छन्।
विपद्पछिको जोखिम न्यूनीकरणका लागि चीनको मौसम प्रशासनले तत्कालै नेपालको जल तथा मौसम विज्ञान विभागसँग भिडियो परामर्श गरी आवश्यक प्राविधिक छलफलसमेत गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment