अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
काठमाडौँ। रसुवास्थित २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जना विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेनाको उद्धार टोलीले ती व्यक्ति चिनियाँ नागरिक रहेको पुष्टि गर्दै उद्धारपछिको तस्वीर सार्वजनिक गरेको छ।
आयोजनाको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनीले गरिरहेकाले ती नागरिक निर्माण कार्यमै खटिएका प्राविधिक वा कामदार हुनसक्ने अनुमान गरिएको छ।
बाढीपछि सुरुङभित्र थुनिएका चिनियाँ नागरिकलाई नेपाली सेनाले सफल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको छ। यसअघि बिहीबार मात्रै माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जना नेपाली कामदार (सञ्जय साह र कविर महर्जन) को जीवितै उद्धार गरिएको थियो।
जलविद्युत् आयोजनाका सुरुङहरूभित्र अझै अन्य कामदारहरू फसेको हुनसक्ने आशङ्कामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment