एसीसी प्रिमियर कप: नेपालले पायो जितका लागि १९१ रनको लक्ष्य

डिसी नेपाल
२१ भदौ २०८३ १०:३०

काठमाडौँ। मलेसियाको बायुमास क्रिकेट ओभलमा जारी एसीसी पुरुष प्रिमियर कप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले साउदी अरबलाई १९० रनमा रोक्दै १९१ रनको विजयी लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको साउदी अरबले ४९.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १९० रनको योगफल तयार पारेको हो।

साउदी अरबका तर्फबाट अब्दुल वाहिदले ८९ बलमा ७७ रनको सर्वाधिक योगदान दिए भने मोहम्मद अब्दुल्लाह आतिफले ३० रन जोडे। नेपाली बलरहरूको अनुशासित र कसिलो बलिङका सामु साउदीका अन्य ब्याटरहरू लामो समय टिकेर खेल्न सकेनन्।

नेपाली बलरहरूमा सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित जम्मा १९ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। ललित राजवंशीले १० ओभरमा ३ मेडन राख्दै २६ रन दिएर २ विकेट हात पारे। दीपेन्द्र सिंह ऐरीले ८ ओभरमा ३२ रन दिएर २ विकेट लिए। शेर मल्ल र गुल्शन झा पनि १-१ विकेट लिन सफल भए।

नेपालले केही बेरमा १९१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्दै छ। प्रतियोगितामा नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरी लगातार दुई जित हासिल गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *