आन्दोलनको एक वर्ष: सिहंदरबारभित्र अझै मेटिएन तोडफोड र आगजनीको घाउ (तस्बिर)

डिसी नेपाल
२१ भदौ २०८३ १२:१६

काठमाडौं। गत वर्षको भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ठूलो क्षति व्यहोरेको देशको प्रशासनिक केन्द्र सिंहदरबारमा अझै पनि त्यसको असर बाँकी नै छ।

आन्दोलनका क्रममा आंशिक तथा पूर्ण रूपमा क्षति पुगेका सिंहदरबारभित्रका संरचना, भवन तथा कार्यालयहरूको मर्मत एवं पुनर्निर्माण कार्यले सोचेअनुसार गति लिन सकेको छैन।

सिंहदरबार परिसरभित्र रहेका कैयौँ मन्त्रालय र प्रशासनिक निकायका भवनहरूमा आगलागी र तोडफोडका कारण ठूलो भौतिक क्षति पुगेको थियो। तर, आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माण सुस्त गतिमा हुँदा सरकारी कामकाजमा असहजता कायमै छ।

मर्मत र पुनर्निर्माणको काम समयमै सम्पन्न हुन नसक्दा सिंहदरबारभित्र आन्दोलनले पारेको प्रभाव अझै स्पष्ट देख्न सकिन्छ।

सरोकारवाला निकायहरूले मर्मतसम्भारको प्रक्रिया अघि बढाइएको बताए पनि प्राविधिक प्रक्रिया र स्रोतसाधनको व्यवस्थापनमा भएको ढिलाइका कारण काम प्रभावकारी हुन नसकेको गुनासो बढेको छ।

सक्षम घिमिरे/ नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *