भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

डिसी नेपाल
२१ भदौ २०८३ १२:३३

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (महाराजगञ्ज) ल्याइएको छ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार बाढीमा ज्यान गुमाएकामध्ये हालसम्म २४४ शव शिक्षण अस्पतालमा ल्याइएको हो।

अस्पतालमा ल्याइएका कुल शवहरूमध्ये १६१ वटा शवको अस्थायी व्यवस्थापन गरिसकिएको छ। यस्तै, २४ वटा शवको पहिचान तथा सनाखत भएकाले परिवार र आफन्तको जिम्मा लगाइसकिएको डा. चौधरीले जानकारी दिए।

हाल ५९ वटा शव अस्पतालमै रहेका छन्। तीमध्ये केहीको शवपरीक्षण (पोस्टमार्टम) गर्न बाँकी रहेकाले प्रक्रिया पूरा भएपछि व्यवस्थापन गरिने अस्पताल प्रशासनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *