एसीसी पुरुष प्रिमियर कप: लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश
KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ। मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार (सेमिफाइनल) मा आफ्नो स्थान सुरक्षित गरेको हो।
नेपालले यसअघि आफ्ना सुरुवाती दुई खेलहरूमा बहराइन र मलेसियालाई पराजित गरेको थियो। साउदी अरबविरुद्धको तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा कायम रहेको छ।
साउदी अरबलाई १९० रनमा समेट्न सन्दीप लामिछाने (३/१९), दीपेन्द्र सिंह ऐरी (३/४३) र ललित राजवंशी (२/२६) ले उत्कृष्ट बलिङ गरे। जवाफमा १९१ रनको लक्ष्य नेपालले ईशान पाण्डे (४० रन), देव खनाल (३९ रन) र गुल्शन झा (अविजित ४४ रन) को उत्कृष्ट योगदानमा ४१ ओभरमै पूरा गर्यो।
समूह ‘ए’ बाट शीर्ष दुईमा रहँदै सेमिफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा आफ्नो लय कायम राख्दै समूह विजेता बन्ने लक्ष्य राख्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment