ग्यासका लागि घण्टौं लाइनमा उपभोक्ता (तस्बिरहरू)
काठमाडौं।बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति नहुँदा काठमाडौँको जडीबुटीस्थित ग्यास डिपोमा सिलिन्डर लिन उपभोक्ताहरूको लामो लाइन लागेको छ।
डिपोमा ग्यास पाउने आसमा उपभोक्ताहरू घण्टौँदेखि लामबद्ध हुन बाध्य भएका छन्। पर्याप्त ग्यास उपलब्ध नहुँदा र आपूर्ति प्रक्रिया सहज नबन्दा डिपो परिसरमा भीड बढेको हो।
कडा घाम र लामो समयसम्म लाइनमा बस्नुपर्दा विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा दैनिक ज्यालादारी गरेर खाने उपभोक्ताहरूले सास्ती व्यहोर्नुपरेको छ। घण्टौँ लाइनमा बस्नुपर्दा एकातिर काम धन्दा छुट्ने र अर्कातिर सहजै ग्यास पाइने निश्चित नहुँदा उपभोक्ताहरू आक्रोशित र चिन्तित बनेका छन्।
तस्बिरहरू: सक्षम घिमिरे / नेपाल न्यूज बैंक
















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment