यस वर्षको मदन पुरस्कार वीणा जोशीलाई, खरेललाई जगदम्बा सम्मान
काठमाडौं । मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार वीणा जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ।
आइतबार बसेको गुठीको साधारण सभा बैठकले २०८२ मा प्रकाशित पुस्तकहरूबाट ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकका लागि जोशीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। मदन पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ।
यसपटक मदन पुरस्कारका लागि लागि उत्कृष्ट १० पुस्तकको सूचीमा ललित विष्टको ‘उत्कर्ष’, श्रवण मुकारुङको ‘सलह’, केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, डा. नवराज केसीको ‘स्वस्पर्श’, नदीशको ‘हिउँद’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ परेका थिए।
यस्तै ६ दशकसम्म गीत लेखनमा सक्रिय किरण खरेललाई जगदम्बा श्री सम्मानबाट सम्मानित गर्ने निर्णय गुठीले गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment