ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते

डिसी नेपाल
२१ भदौ २०८३ १७:४२

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीलाई भेटेका छन्।

आइतबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले महर्जनका परिवारसँग समेत भेट गरी हौसला प्रदान गरेका थिए।

मन्त्री श्रेष्ठले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका चिनियाँ नागरिक तथा स्याफ्रुबाट उद्धार गरिएकी एक किशोरीलाई समेत भेटेका थिए। उनका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र पानी तथा लेदोबाट भएका घाउ तथा चोटहरू निको हुँदै गएका छन्।

श्रेष्ठले शारीरिक चोटसँगै प्रभावितहरूलाई मानसिक तथा मनोवैज्ञानिक परामर्श आवश्यक रहेको बताएका थिए। उनले घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा उद्धारकर्मीलाई धन्यवाद दिएका थिए। अस्पतालका डा. कर्णेल कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *