रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र दुई जनाको शव फेला

डिसी नेपाल
२१ भदौ २०८३ २०:४३

काठमाडौं । रसुवामा निर्माणधिन माथिल्लो (अपर) त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र दुई वटा शव फेला परेका छन्।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार आइतबार सुरुङको भित्री भागबाट ती शव निकालिएको हो। फेला परेका शवहरूको पहिचान अझै हुन सकेको छैन।

यसै सुरुङको करिब २२५ मिटर भित्रबाट शनिबार मात्रै एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थियो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङमा मानिसहरू थुनिएको आशंकामा खोजी कार्य जारी राखिएको छ। बाढी आएको १२ औं दिन पुग्दा पनि उद्धार तथा खोजी टोलीले सुरुङभित्र काम जारी राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *