रसुवा बाढी : सुरुङभित्र १२१ जना फसेको सेनाको अनुमान, उद्धार कार्य जारी

डिसी नेपाल
२२ भदौ २०८३ १५:१५

काठमाडौं । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र १२१ जना मात्र फसेको नेपाली सेनाले अनुमान गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाशजंग थापाले उपलब्ध तथ्य र अवस्थाको विश्लेषण गर्दा सुरुङभित्र १२१ जना फसेको देखिएको जानकारी दिए।

‘अहिलेसम्मको तथ्य हेर्दा १२१ जना मात्र टनेलभित्र परेको देखिन्छ। जबसम्म सबै टनेलको ‘ब्रेकथ्रु’ हुँदैन, तबसम्म सेनाले खोजी तथा उद्धार कार्य निरन्तर जारी राख्नेछ,’ सहायक रथी थापाले भने। उनले आयोजनाका अन्य कर्मचारी वा व्यक्तिहरू सुरुङबाहिरको क्षेत्रमा परेको हुन सक्ने अनुमानसमेत व्यक्त गरे।

जलविद्युत् आयोजनाका टनेलमा भएको क्षतिको प्रकृति हेर्दा बाढी र लेदो (मुभ्मेन्ट) करिब १८० किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा खसेको सेनाको प्रारम्भिक आकलन छ। प्रभावित क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा निकायले निरन्तर उद्धार प्रयास गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *