नापजाँच सकिएको १३ वर्षपछि कपिलवस्तुका ७ सय ३० परिवारले पाए लालपुर्जा

डिसी नेपाल
२२ भदौ २०८३ १७:३८

काठमाडौं । नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा नम्बर ७ का ३३८ र ८ का ३९२ गरि जम्मा ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ७३० थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ७३० परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

यसअघि सोही नगरपालिकाको वडा नम्बर ५,६ र १० मा २४१६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो। सरकारले देशका विभिन्न ठाउँमा लालपुर्जा वितरण अभियानलाई तीव्र रुपमा अगाडी बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *