सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति सैनिकको अदलीबदली, ७१ जना प्रस्थान, ७५ जना स्वदेश फिर्ता
काठमाडौं। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिकस्थित ‘युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टेबलाइजेसन मिसन’ (मिनुस्का) मा तैनाथ सैनिक प्रहरी युनिट (शान्ति सेना) ११ औँ डफ्फालाई बदली गर्न १२ औँ डफ्फाका ७१ जना शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेका छन्। प्रमुख सेनानी रविन श्रेष्ठको नेतृत्वमा उक्त टोली त्यसतर्फ प्रस्थान गरेको हो।
त्यसैगरी, सोही मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी प्रमुख सेनानी सुमन थापाको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment