धोबिखोलामा चिप्लेर लडेका एक जनाको उद्धार
काठमाडौं। काठमाडौंको चाबहिलस्थित धोबिखोलामा चिप्लेर लडेका ३१ वर्षीय कैलाश रसाईलीको प्रहरीले उद्धार गरेको छ।
सुनसरी धरानका स्थायी घर भई धुम्बाराही बस्दै आएका रसाईली गोपीकृष्ण हल नजिकैबाट नदीमा लडेका थिए।
स्थानीयले खबर गरेपछि प्रहरी वृत्त महाराजगन्जको टोलीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment