पब्जी मोबाइल नेपालद्वारा नुवाकोट र रसुवाका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण

डिसी नेपाल
२४ भदौ २०८३ ११:३८

काठमाडौं। नेपाल। पब्जी मोबाइल नेपालले हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्काल आवश्यकता पूरा गर्ने उद्देश्यले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ

राहत सहयोगअन्तर्गत खाद्यान्न, कम्बल, सौर्य आपतकालीन बत्ती तथा व्यक्तिगत सरसफाइका सामग्रीलगायत प्रभावित परिवारका लागि आवश्यक विभिन्न राहत सामग्रीहरू उपलब्ध गराइएको छ

उक्त राहत सामग्री गल्छी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। गाउँपालिकाले आवश्यक समन्वय गरी ती सामग्रीहरू नुवाकोट र रसुवाका बाढीप्रभावित समुदायमा आवश्यकताका आधारमा क्रमशः वितरण गर्नेछ

हालैको बाढीका कारण देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ। बाढीबाट कयौँ परिवार प्रभावित भएका छन् भने घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ

सडक तथा यातायात सेवा अवरुद्ध हुँदा केही क्षेत्रमा खाद्यान्न, सुरक्षित बसोबास, सरसफाइका सामग्री र बिजुलीलगायत आधारभूत आवश्यकताका वस्तुहरूको अभाव बढेको छ

प्रभावित समुदायले सामना गरिरहेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै तत्काल आवश्यक सामग्री उपलब्ध गराई जारी राहत प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले पब्जी मोबाइल नेपालले यो पहल गरेको हो

स्थानीय तह, सुरक्षा निकाय, राहतकर्मी, स्वयंसेवक, सामुदायिक समूह, विभिन्न संघ-संस्था तथा व्यक्तिहरूले प्रभावित समुदायसम्म आवश्यक सहायता पुर्‍याउन गरिरहेको समन्वयात्मक राहत प्रयासमा योगदान पुर्‍याउनु यसको मुख्य ध्येय रहेको छ

राहत सामग्री उपलब्ध गराउनुका साथै पब्जी मोबाइल नेपालसँग सहकार्यमा रहेका स्ट्रिमरहरूले सरकारद्वारा सार्वजनिक गरिएको आधिकारिक QR कोडमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ सम्बन्धी जानकारी आफ्ना दर्शक तथा समुदायमा साझा गरिरहेका छन्

उनीहरूले इच्छुक व्यक्तिहरूलाई आधिकारिक माध्यमबाट जारी राहत प्रयासमा सहयोग गर्न सकिनेबारे जानकारीसमेत दिइरहेका छन्

पब्जी मोबाइल नेपालले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा खटिएका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, राहतकर्मी, स्वयंसेवक, सामुदायिक समूह तथा विभिन्न संघ-संस्थाको प्रयासप्रति सम्मान प्रकट गरेको छ

विपद्को प्रभावबाट प्रभावित समुदायका लागि राहत तथा पुनस्थापनाका प्रयास जारी रहेको अवस्थामा पब्जी मोबाइल नेपालले प्रभावित परिवार तथा समुदायप्रति निरन्तर साथ र ऐक्यबद्धता व्यक्त गरेको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *