सुनको भाउमा गिरावट : सुन तोलामा ३ हजार र चाँदी ४० रुपैयाँले घट्यो
काठमाडाैं। नेपाली बजारमा अघिल्लो दिन ह्वात्तै बढेको सुन-चाँदीको मूल्य आज (बुधबार) भने पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा झरेको छ।
यसअघि मङ्गलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको थियो। चालु साताको सुरुवाती दिनहरूमा सुनको मूल्यमा निरन्तर गिरावट आएको थियो; जसअनुसार आइतबार तोलामा ३ हजार १ सय र सोमबार १ हजार २ सय रुपैयाँ घटेको थियो।
सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदी तोलामा ४० रुपैयाँले घटेर ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ। मङ्गलबार चाँदीको भाउ १ सय रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँ पुगेको थियो।
यसअघि गएको माघ १५ गते नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले ऐतिहासिक रेकर्ड बनाएका थिए।
उक्त दिन सुन एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दु ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो भने चाँदी पनि हालसम्मकै सबैभन्दा बढी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। त्यसपछि माघ १८ गते चाँदीको भाउमा तोलामा १ हजार ५ सय ६५ रुपैयाँको ऐतिहासिक गिरावट दर्ता भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment