पाकिस्तानद्वारा हुथी लडाकुहरूलाई चेतावनी: ‘मक्का सम्झौता’ सक्रिय हुन सक्ने
काठमाडौं । पाकिस्तानले “मक्का रक्षा सम्झौता” का तीन सदस्य राष्ट्रहरूमध्ये कुनै एकमाथि हुने आक्रमणलाई लिएर “कुनै द्विविधा रहनु नहुने” र यस्तो आक्रमणलाई तीनवटै देशमाथिको आक्रमण मानिने स्पष्ट पारेको छ।
बिबिसी फारसीका अनुसार पाकिस्तानी रक्षामन्त्रीले सउदी अरबमाथि हुथी लडाकुहरूको आक्रमणपछि यो सम्झौता लागू हुन सक्ने चेतावनी दिएका हुन्।
पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफको यो टिप्पणी यमनका इरान समर्थित हुथी सशस्त्र समूहका तर्फबाट सउदी अरबविरुद्ध शृङ्खलाबद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरिएको केही घण्टापछि आएको हो।
यी आक्रमणहरूमा सहरहरू तथा आर्थिक र ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाइएको थियो, जसमा परी कम्तीमा ७३ जना सर्वसाधारण घाइते भएका छन्।
पाकिस्तानी रक्षामन्त्रीले कुनै पनि सदस्य राष्ट्रविरुद्ध हुने कुनै पनि आक्रामक कदम वा यमन द्वन्द्व सउदी अरबसम्म फैलिनुले मक्का सम्झौतालाई सक्रिय बनाइदिने बताए।
मक्कामा हालै पाकिस्तान, सउदी अरब र टर्कीले एक सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौता अनुसार यी तीनमध्ये कुनै एक देशमाथि हुने आक्रमणलाई तीनवटै देशमाथिको आक्रमण मानिनेछ।
उनले तनाव कम हुने आशा व्यक्त गरे, तर हुथी समूहलाई यमनको द्वन्द्वलाई देशको सीमाबाहिर नफैलाउन कडा चेतावनी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment