न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबिच मारुती सुजुकी गाडी खरिदमा विशेष छुटसम्बन्धी सम्झौता
काठमाडौं। मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि र प्रभु बैंक लिमिटेडबिच ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारजनलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, तिनका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहक ग्राहकहरूले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडीहरू खरिद गर्दा मोडलअनुसार अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।
उक्त सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकको तर्फबाट ‘सेन्ट्रल बिजनेस सेन्टर’का प्रमुख लेखबहादुर पुनले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। यो सम्झौता सन् २०२६ सेप्टेम्बर ७ देखि लागू भई २०२७ सेप्टेम्बर ६ सम्म कायम रहनेछ।
हाल प्रभु बैंकले देशभर रहेका आफ्ना ३०० शाखा कार्यालय, २६२ एटिएम र ६६ एक्स्टेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment