भाइको हत्या गरेको अभियोगमा दाई पक्राउ

डिसी नेपाल
१८ असोज २०७६ १६:३५

भक्तपुर । आफ्नै भाइ ४० वर्षीय नेत्र बहादुर अछामीलाई भर्याचङबाट धकेलेर हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका २ घर भएका खिला अछामीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

खिलाले भर्यातङबाट धकेल्दा लडेर गम्भीर घाइते भएका नेत्रको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै खिलाका २२ वर्षीय छोरा वेसन अछामी समेतलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *