मन्त्री चौधरी र सचिवबीच कार्यसम्पादन करार सम्झौता

डिसी नेपाल
२४ भदौ २०८३ २०:१७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रबीच चालु आर्थिक वर्षमा मन्त्रालयबाट सम्पादन गरिने प्रमुख कार्य तथा हासिल गर्नुपर्ने उपलब्धिका सम्बन्धमा कार्यसम्पादन करार सम्झौता भएको छ।

मन्त्रालयमा मन्त्री चौधरी र सचिवबीच कार्यसम्पादन करार सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो।

सम्झौतामा मन्त्रालयका नीति, कार्यक्रम तथा बजेटमा समावेश भएका प्राथमिकताका विषयलाई निर्धारित समय, लागत र गुणस्तर कायम गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

मन्त्री चौधरीले सम्झौतामा उल्लेखित लक्ष्य तथा कार्यक्रमलाई परिणाममुखी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिँदै मन्त्रालयका कामलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *