१६१औं मोती जयन्ती: साहित्यिक कार्यक्रम गरी देशभर मनाइँदै
काठमाडौं। राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका भट्टको वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो। छोटो जीवनका बाबजुद उनले नेपाली साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याएका छन्।
युवाकवि मोतीराम भट्टले नै आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक तयार गरी प्रकाशनमा ल्याएका थिए। नेपालमा छापाखाना भित्र्याउने श्रेयसमेत उनलाई नै जान्छ, जसलाई नेपालमा पत्रकारिताको सुरुआत मानिन्छ।
मोती जयन्तीका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा-प्रतिष्ठान लगायतका विभिन्न साहित्यिक संघ-संस्थाहरूले विशेष कार्यक्रम आयोजना गर्दैछन्।
परिषद्का अध्यक्ष रमा शर्माका अनुसार आज दिउँसो २ बजे कवि सम्मेलनका साथै प्रतिष्ठित ‘युवा वर्ष मोती पुरस्कार’ प्रदान गर्ने कार्यक्रम रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment