बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले डेढ करोड दिने
काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित परिवारको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु. १ करोड ५० लाख सहयोग गर्ने भएको छ ।
बाढीपीडितलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने उद्देश्यले नेपाल चिकित्सक सङ्घ र युएसभी फार्मास्युटिकल्सबीच बिहीबार सहयोगसम्बन्धी सम्झौता भएको हो । काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि आवश्यक स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक सङ्घले तयार गरी युएसभी फार्मास्युटिकल्सलाई उपलब्ध गराउनेछ । उक्त विवरणका आधारमा फार्मास्युटिकल्सले आवश्यक स्वास्थ्य सामग्री खरिद गरी प्रभावित परिवारलाई उपलब्ध गराउनेछ ।
बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या देखिन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल चिकित्सक सङ्घले प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा स्वास्थ्य सामग्रीको पहिचान तथा समन्वय गर्नेछ भने युएसभी फार्मास्युटिकल्सले त्यसअनुसार सामग्री उपलब्ध गराउनेछ । यस सहयोगबाट बाढीपीडित परिवारलाई तत्काल आवश्यक स्वास्थ्य उपचार तथा औषधि व्यवस्थापनमा राहत पुग्ने विश्वास गरिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment