भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्रका अनधिकृत संरचना हटाउन सात दिनको म्याद

डिसी नेपाल
२६ भदौ २०८३ १२:४५

काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र अनधिकृत रूपमा निर्माण गरिएका भौतिक संरचना हटाउन सात दिनको समय दिएको छ।

आयोजनाको व्यवस्थापन उपसमितिको २०८३ असार ३१ गते स्वीकृत नक्सा तथा लडसिटअनुसार ‘ए’, ‘बी’ र ‘डी’ ब्लकको बीचमा ६ मिटरको बाटो कायम गरी ढलान गर्नुपर्ने भएकाले सो बाटोको सीमाभित्र पर्ने संरचनाहरू हटाउन सूचना जारी गरिएको हो।

ललितपुर महानगरपालिका–१५, भेल्पास्थित आयोजनाले कुनै पनि जग्गाधनीको जग्गामा अन्य व्यक्तिले अनधिकृत रूपमा संरचना निर्माण गरेको भए त्यस्ता संरचना पनि सात दिनभित्रै हटाउन आग्रह गरेको छ।

तोकिएको म्यादभित्र संरचना नहटाए आयोजना आफैँले ती संरचना हटाउने र नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ। यसअघि पनि आयोजना क्षेत्रभित्र बनेका १० वटा अनधिकृत संरचना हटाइसकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *