सशस्त्र प्रहरीलाई थप तालिम र स्रोतसाधन सम्पन्न बनाउन गृहसचिव शर्माको निर्देशन

डिसी नेपाल
२९ भदौ २०८३ १६:२०

काठमाडौं । गृहसचिव केदारनाथ शर्माले कठिन भौगोलिक क्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई समयसापेक्ष तथा संवेदनशील विषयका थप तालिम प्रदान गरी आवश्यक स्रोतसाधन सम्पन्न बनाउनुपर्ने बताएका छन्।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय निरीक्षणका क्रममा उनले विपद्को जोखिम बढ्दै गएकाले आवश्यक जनशक्ति, पूर्वतयारी र स्रोतसाधन व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएका थिए।

सीमा सुरक्षामा खटिएका कर्मचारीले स्थानीयसँगको सम्बन्ध सुमधुर बनाउँदै सीमा अपराध र अवैध कारोबार नियन्त्रणमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।

शर्माले सुरक्षा निकायबीच सूचना आदानप्रदान र समन्वय थप प्रभावकारी बनाउनुपर्ने बताउँदै सशस्त्र प्रहरीसँग सम्बन्धित कानुनी तथा संगठनात्मक कमजोरी सुधारका प्रस्ताव मन्त्रालयमा पठाउन निर्देशन दिएका थिए।

निरीक्षणका क्रममा उनले सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा प्रयोग गर्दै आएका उद्धार उपकरण तथा ड्रोनलगायत सामग्रीको समेत अवलोकन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *