रास्वपाको केन्द्रीय सदस्य भन्दै ठगी गर्ने युवक पक्राउ
झापा। आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भन्दै विभिन्न पदको परिचय दुरुपयोग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले आफू विभिन्न उच्च राजनीतिक तथा सरकारी पदमा रहेको झूटो दाबी गर्दै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरी अनुचित दबाब तथा धाकधम्की दिँदै आएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले दाबी गरेका कुनै पनि पद तथा जिम्मेवारी वास्तविक नभएको खुलेको छ। उनलाई नियन्त्रणमा लिएर झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
साथै, विश्वकर्माले यस्तै झूटो परिचय दिएर कसैबाट नाजायज लाभ लिएको वा कसैलाई हानि-नोक्सानी पुर्याएको भए तत्काल जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment