तीजका दिन ७७ जना काठमाडौं प्रहरीको नियन्त्रणमा
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। हरितालिका तीजका अवसरमा अवाञ्छित तथा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने आशंकामा काठमाडौं प्रहरीले ७७ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विगतका घटनाको अध्ययन तथा विश्लेषण गरी चोरी, लुटपाट, महिला दुर्व्यवहारलगायत अवाञ्छित गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब ४५ हजार श्रद्धालु दर्शन तथा पूजाआराधनाका लागि पुगेका थिए। दिनभर कुनै अप्रिय घटना नभएको र तीज पर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment