पहिरोसहितको ढुंगा खसेर कारमाथि पर्दा तीन जना घाइते

डिसी नेपाल
३० भदौ २०८३ २२:१७

बुटवल । बुटवल-पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै पहिरोसहित खसेको ठूलो ढुंगाले निजी कारलाई थिच्दा तीन जना घाइते भएका छन्। पाल्पाको तिनाउ गाउँपालिका–३ मा पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको कारमाथि मंगलबार ढुंगा खसेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईका अनुसार पहिरोसहितको ढुंगाले लाग्दा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनामा परि रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ का ३६ वर्षीय राजकुमार लोध, बुटवल उपमहानगरपालिका–७ दीपनगरकी ३७ वर्षीया जुलन गैरे र बुटवल जेसिज चोककी ६२ वर्षीया राधिका ढकाल घाइते भएका छन्।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। पहिरो र ढुंगा खसेर केही समय अवरुद्ध बनेको उक्त सडक खण्डको पन्छ्याएर अहिले यातायात पुनः सुचारु गराइसकिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *