४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा, को कहाँ?
काठमाडौं । सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।
सरुवा तथा कामकाजमा खटाइएकामध्ये विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका छन्। मन्त्रालय तथा विभागमा कार्यरत केही उपसचिवलाई स्थानीय तहमा पठाइएको छ भने स्थानीय तहमा कार्यरत केही प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय, विभाग तथा अन्य निकायमा सरुवा गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment