कालिका लघुवित्तको १२ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारण र कम्पनीका लागि बिक्री खुला
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ हजार १८४ कित्ता संस्थापक सेयर सर्वसाधारण व्यक्ति तथा कम्पनीहरूले समेत खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ।
यसअघि संस्थाले विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिने सूचना जारी गरी आवेदन माग गरेको थियो। तर, तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरूबाट कुनै पनि लिखित आवेदन नपरेपछि संस्थाले यो सेयर अन्य इच्छुक व्यक्ति तथा संस्था/कम्पनीका लागि खुला गरेको हो।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक विवरण र कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदकहरूले पोखरास्थित संस्थाको केन्द्रीय कार्यालयमा पुगी लिखित आवेदन पेस गर्न सक्नेछन्।
संस्थाले तोकेको मापदण्ड र प्रक्रिया पूरा गरी प्राप्त भएका आवेदनका आधारमा सेयर बाँडफाँड तथा बिक्री प्रक्रिया अघि बढाइने कालिका लघुवित्तले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment