झापामा गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

डिसी नेपाल
४ असोज २०८३ १०:४२

भद्रपुर (झापा)। झापाको झापा गाउँपालिका-४ मा रोकिराखेको गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय नागरिकको ज्यान गएको छ।

शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आउँदै गरेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडासँग ठोक्किएर भारत किशनगञ्ज, सिङ्घिमारी कर्हबरी निवासी २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको हो।

दुर्घटनामा छातीमा गम्भीर चोट लागेका यमिनीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो।

उपचारका क्रममा साँझ ७:५० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिएका छन्।

झापा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकले ज्यान गुमाएको यो लगातार दोस्रो घटना हो। यसअघि गत बिहीबार पनि झापा गाउँपालिका-३ मा भएको मोटरसाइकल दुर्घटनामा एक भारतीय युवकको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *