सप्तरीमा २० क्विन्टल गाँजासहित दुई जना पक्राउ
काठमाडौं। सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फत्तेपुरबाट प्रहरीले २० क्विन्टल (दुई हजार किलो) गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
नियमित गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले आइतबार बिहान फत्तेपुरका भोला सदा र मङ्गल मुखियालाई उनीहरूकै घरबाट बरामद गाँजासहित नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
सदा र मुखियाको घरमा खानतलासी गर्दा कुल ६४ पोका गाँजा फेला परेको हो।
प्रहरीका अनुसार सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट आठ पोका गाँजा बरामद भएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment