शे फोक्सुन्डो किनारमा गुञ्जियो मौलिक भाका: रिग्मो गाउँमा देखाइयो स्थानीय सांस्कृतिक नाच (तस्बिर)
डोल्पा । हिमाली जिल्ला डोल्पाको शे फोक्सुन्डो गाउँपालिका–८ स्थित सुन्दर रिग्मो गाउँमा स्थानीयवासीले आफ्नो परम्परागत संस्कार तथा संस्कृतिमा आधारित मौलिक नाच प्रस्तुत गरेका छन्।
प्रसिद्ध पर्यटकीय स्थल फोक्सुन्डो तालको किनारमा स्थानीयले आफ्नो मौलिक भेषभूषामा सजिएर सांस्कृतिक झाँकीसहित नाचगान प्रस्तुत गरेका हुन्। ओझेलमा परेका हिमाली संस्कृति र परम्पराको संरक्षणका साथै फोक्सुन्डो क्षेत्रमा पुग्ने पर्यटकलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो नाच प्रदर्शन गरिएको हो।
तस्बिर: हेमन्त केसी / नेपाल न्यूज बैंक





No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment