भोटेकोशी बाढी: एक हजार ४३६ जनाको शव फेला, ४ हजार ६५५ अझै बेपत्ता
काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये आइतबार बिहानसम्म एक हजार ४३६ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये चितवनमा सबैभन्दा बढी ३६५, नवलपरासी पूर्वमा २३२, रसुवामा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, गोरखामा ७९, धादिङमा ७२ र तनहुँमा ३८ जना रहेका छन्।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनको काम भइरहेको छ। हालसम्म मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमुना संकलन गरिएको छ।
जसमध्ये पहिचान खुलेका एक हजार २९२ वटा शवको व्यवस्थापन गरिसकिएको छ भने पहिचान नभएका एक हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढीमा परी बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment