गुडिरहेको माइक्रोबसमा आगलागी

डिसी नेपाल
४ असोज २०८३ १५:१४

धनगढी । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित ५ नम्बर चोक नजिक गुडिरहेको एक माइक्रोबसमा अचानक आगलागी भएको छ।

कोहलपुरबाट कैलालीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको माइक्रोबसमा यात्राकै क्रममा आगो लागेको हो। आगलागी हुनासाथ चालक र सहचालकले तत्काल बाहिर निस्किएर ज्यान जोगाउन सफल भएका छन्। माइक्रोबसमा चालक र सहचालक मात्रै सवार रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि माइक्रोमा रहेको केही नगद रकम जलेर नष्ट भएको छ। स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाका कारण पूर्व-पश्चिम राजमार्गमा केही समय सवारी आवागमन प्रभावित बनेको थियो।

आगलागीको प्रस्ट कारण र कुल भौतिक क्षतिको विवरण खुल्न बाँकी रहेको बर्दिया प्रहरीले जनाएको छ। घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।

पछिल्लो समय लामो दूरीका सार्वजनिक सवारीसाधनमा यस्ता प्राविधिक समस्या र आगलागीका घटना बढेकाले सवारीसाधनको नियमित प्राविधिक परीक्षण (मेकानिकल चेकिङ) र मर्मतसम्भारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *