विश्व शान्ति दिवस आज मनाइँदै
काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व शान्ति दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २१ का दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता हरेक वर्ष विभिन्न कार्यक्रममार्फत यो दिवस मनाइँदै आएको छ।
नेपालमा पनि शान्ति, सद्भाव र अहिंसाको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरिन्छ।
यसैबीच, सेप्टेम्बर २१ लाई विश्व अल्जाइमर्स दिवसका रूपमा पनि मनाइन्छ। अल्जाइमर्स रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वभर विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाउने गरिन्छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment