लुम्बिनी लायन्सले अस्ट्रेलियन खेलाडी भित्र्याउँदै

डिसी नेपाल
५ असोज २०८३ १०:०८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि अस्ट्रेलियन खेलाडी भित्र्याउने संकेत गर्दै आधिकारिक टिजर सार्वजनिक गरेको छ।

टोलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पोस्टरमा अस्ट्रेलियन झन्डा अङ्कित ग्लोभ्स लगाएको खेलाडीको हात र “आई एम कमिङ!” लेखिएको सन्देश प्रस्तुत गर्दै टोलीमा विदेशी खेलाडीको आगमन सुनिश्चित गरेको हो।

रोहित पौडेलको मार्की नेतृत्वमा रहेको लुम्बिनी लायन्सले अस्ट्रेलियाका प्रभावशाली अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज लिगका अनुभवी खेलाडीलाई टोलीमा अनुबन्ध गर्न लागेको अनुमान गरिएको छ।

यसअघि पनि बेन कटिङ र डार्सी सर्टजस्ता स्टार अस्ट्रेलियन खेलाडीहरूलाई अनुबन्ध गरिसकेको लुम्बिनीले यसपटक पनि टोलीको ब्याटिङ र बलिङ लाइनअपलाई थप मजबुत बनाउन अस्ट्रेलियन खेलाडीमाथि विश्वास देखाएको हो।

नयाँ खेलाडीको आगमनले टोलीको प्रदर्शन उकास्नुका साथै समर्थकहरूमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। लुम्बिनी लायन्स अघिल्लो संस्करणको चयाम्पियन हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *