सामसङले सार्वजनिक गर्यो वन युआई ९ र नयाँ ग्यालेक्सी एआईसहितको ‘ग्यालेक्सी एस२६ एफई’
काठमाडौं। सामसङ नेपाल (Samsung Nepal) ले ग्यालेक्सी एस२६ (Galaxy S26) सिरिजअन्तर्गत आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२६ एफई (Galaxy S26 FE) सार्वजनिक गरेको छ।
नयाँ वन युआई ९ (One UI 9) सफ्टवेयरसहित बजारमा आउने यो ग्यालेक्सी एस२६ सिरिजकै पहिलो फोन हो, जसले सुरुदेखि नै थप ग्राहकसम्म प्रिमियम ग्यालेक्सी अनुभव पुर्याउनेछ।
सामसङ नेपालका वरिष्ठ निर्देशक एवं एमएक्स (MX) प्रमुख प्रणय रत्न स्थापितका अनुसार दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने उद्देश्यका साथ यो फोन तयार पारिएको हो। यसमा उच्च गुणस्तरको क्यामेरा, उन्नत ग्यालेक्सी एआई (Galaxy AI) तथा पातलो र हल्का डिजाइन समेटिएको छ।
क्यामेरा प्रविधिको कुरा गर्दा यसमा तीनवटा पछाडिका (ट्रिपल रियर) क्यामेरा र ३ गुणा अप्टिकल जुम (3x Optical Zoom) रहेको छ। अँध्यारोमा पनि स्पष्ट र उज्यालो फोटो खिच्नका लागि ‘नाईटोग्राफी’ (Nightography) र भिडियो स्थिर राख्न ‘होरिजोन्टल लक’ (Horizontal Lock) सहितको ‘सुपर स्टेडी’ (Super Steady) प्रविधि यसमा उपलब्ध छ।
साथै, चुनिएको व्यक्तिलाई स्वतः पछ्याउँदै (ट्र्याक गर्दै) फ्रेमको बीचमा राख्ने ‘माई फ्यानक्याम’ (My FanCam) सुविधा पनि पहिलोपटक यसै फोनमा समावेश गरिएको छ।
नयाँ वन युआई ९ सफ्टवेयरका कारण यसमा दैनिक कामलाई अझ सजिलो बनाउने एआई सुविधाहरू रहेका छन्। यसमा रहेको ‘नाउ ब्रिफ’ (Now Brief) सुविधालाई थप व्यक्तिगत बनाइएको छ, जसअन्तर्गत ग्राहकले मौसम र स्वास्थ्य सम्बन्धी जानकारीजस्ता आफूलाई चाहिने कार्डहरू रोज्न वा सामान्य निर्देशन दिएर आफ्नै कार्डसमेत बनाउन सक्नेछन्।
पिस्तासियो (Pistachio), ग्राफाइट (Graphite) र ब्लुबेरी (Blueberry) रङमा उपलब्ध ग्यालेक्सी एस२६ एफई (८/२५६ जिबी) को बजार मूल्य रु १,१९,९९९ तोकिएको छ।
ग्राहकहरूका लागि १२ तथा २४ महिनाको सजिलो किस्ताबन्दी (EMI) सुविधा उपलब्ध गराइएको छ, जसको मासिक किस्ता न्यूनतम रु ३,२५६ बाट सुरु हुन्छ। यसका साथै सामसङले रु ८,००० सम्मको पुराना फोन साट्ने बोनस (Exchange Bonus) र रु १८,३५१ मूल्य बराबरको ६ महिनाको ‘गुगल एआई प्रो सब्स्क्रिप्सन’ (Google AI Pro Subscription) निःशुल्क प्रदान गर्ने अफर पनि ल्याएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment