एमाले सचिवालयद्वारा केन्द्रीय कमिटीका एजेन्डा तय

डिसी नेपाल
५ असोज २०८३ ११:५१

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गरेको छ।

सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा पेस गरिने विभिन्न कार्यसूचीबारे गहन छलफल गरेको हो। बैठकपछि एमाले उपमहासचिव लेखराज भट्टले केन्द्रीय समितिमा लैजाने प्रमुख विषयहरूमा सहमति जुटेको जानकारी दिए।

उपमहासचिव भट्टका अनुसार आगामी बैठकमा श्रद्धाञ्जली प्रस्ताव, पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रारम्भिक मन्तव्य र राजनीतिक प्रतिवेदन पेस तथा छलफल हुनेछ। त्यसैगरी, विभिन्न कमिटीहरूमा नयाँ केन्द्रीय सदस्यहरूको मनोनयन गर्नेसमेत एजेन्डा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *