इरानको अमेरिकालाई चेतावनीः अर्को हमला भए विश्वले देख्नेछ नयाँ हतियार
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेमा सम्पूर्ण विश्वलाई नै चकित पार्ने खालका नयाँ हतियार प्रयोग गरिने चेतावनी दिएको छ।
रिभोलुसनरी गार्ड कर्प्सका प्रवक्ता हुसेन मोहेबीले भनेका छन्, ‘यदि अमेरिकाले हमला गर्छ भने इरानले यस्ता नयाँ हतियारहरूको प्रयोग गर्नेछ, जसले संसारलाई स्तब्ध बनाउनेछ। इरानले हतियारहरू निर्माण गर्नुका साथै तिनको क्षमता पनि बढाएको छ, जसको प्रयोग युद्धको हालसम्मको चरणमा गरिएको छैन।’
उनले यी हतियारहरूलाई इरानको ‘रणनीतिक हतियार’ भन्दै ‘आवश्यकता परेको खण्डमा’ तिनको प्रयोग गरिने बताए। आइआरजीसीका प्रवक्ताको यो चेतावनी खातम अल-अन्बिया सेन्ट्रल हेडक्वार्टर्सको त्यस भनाइपछि आएको हो, जसमा अमेरिकाले केही देशहरूको स्वीकृति पाएपछि पुनः कारबाही सुरु गर्न चाहेको उल्लेख गरिएको थियो।
डोनाल्ड ट्रम्पले आइतबार नै फक्स न्युजसँग अमेरिका-इरान युद्धबारे कुराकानी गरेका थिए।त्यसक्रममा उनले अमेरिका-इरान युद्धलाई लिएर निकट भविष्यमा ‘निकै ठूला कुराहरू’ हुन गइरहेको र आफू यस सम्बन्धमा ‘निर्णय लिने व्यक्ति’ भएको बताएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment