त्रिपुरेश्वर बस आगलागी घटना : एसएसपी बस्नेतको नेतृत्वमा छानबिन समिति गठन
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा भएको आगलागी घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) ले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी ५ दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ।
सोमबार ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीबाट बसका चालक काभ्रेका दावा लामा गम्भीर घाइते भएका छन्। उद्धार गरी अस्पताल पुर्याइएका लामाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको विषय सार्वजनिक भएपछि प्रहरीले उक्त विषयलाई समेत ध्यानमा राखेर छानबिन अगाडि बढाएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment