काठमाडौंको टेकुस्थित प्लास्टिक गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी

डिसी नेपाल
५ असोज २०८३ १८:१३

काठमाडौं । काठमाडौंको टेकुस्थित एक प्लास्टिक गोदाममा सोमबार साँझ भीषण आगलागी भएको छ।

घटनाको जानकारी पाउनासाथ आगलागी नियन्त्रणमा लिन दुई वटा दमकल र प्रहरीको टोली घटनास्थलमा खटिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

उक्त गोदाम कसको हो र आगो के-कति कारणले लागेको हो भन्नेबारे अझै खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *