एमाले केन्द्रीय कमिटी बैठक: ओलीको प्रतिवेदनमाथि छलफल सुरु, बैठक कक्षमा कडा नियम लागू
काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकको दोस्रो दिन मंगलबारदेखि अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ।
बैठकको पहिलो दिन सोमबार अध्यक्ष ओलीले प्रस्तुत गरेको ८८ पृष्ठको विस्तृत राजनीतिक प्रतिवेदनमाथि आजदेखि केन्द्रीय सदस्यहरूले आफू अनुकूल धारणा राख्न थालेका हुन्।
अध्यक्ष ओलीको निर्देशनअनुसार यस पटकको बैठकमा अनुशासन र सञ्चालनमा विशेष कडाइ गरिएको छ। बैठक कक्षभित्र मोबाइल फोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने बैठक छाडेर बाहिर जानुपरेमा अध्यक्षको पूर्वस्वीकृति अनिवार्य गरिएको छ।
यसैगरी, छलफलमा सहभागी भई आफ्नो भनाइ राख्न चाहने सदस्यहरूले अध्यक्षको ध्यानाकर्षण गराएर अनुमति पाएपछि मात्र बोल्न पाउने व्यवस्था गरिएको छ।
बैठक सुरु भएसँगै केन्द्रीय सदस्यद्वय ठाकुर गैरे र कर्ण थापाले अध्यक्षको प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन् भने अन्य सदस्यहरूले पालैपालो धारणा राख्ने क्रम जारी रहेको छ।





No ads found for this position



डिसी नेपाल
Facebook Comment