सिजीद्वारा दशैं-तिहार लक्षित “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” महायोजना सार्वजनिक
काठमाडाैं। नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “Experience Life with CG” अन्तर्गत बडादशैं र तिहारको अवसर पारेर “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै आकर्षक क्यासब्याक र उपहारहरूको प्रत्यक्ष लाभ प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको हो।
यस योजनाको मुख्य आकर्षण अधिकतम रु. १,०२,००० सम्मको क्यासब्याक रहेको छ, जुन सिजी तथा सिजी मेरिडियाका विभिन्न घरायसी उपकरणहरूको खरिदमा उपलब्ध हुनेछ।
क्यासब्याकसँगै ग्राहकहरूले फ्रन्ट लोड वासिङ मेसिनमा ६ केजी, टप लोडिङमा ४ केजी र सेमी अटोमेटिकमा २ केजी सर्फ एक्सेल डिटर्जेन्ट पक्का उपहारका रूपमा पाउनेछन्। त्यसैगरी माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट र एयर कन्डिसनरमा निःशुल्क जडान सुविधा समेत मिलाइएको छ।
ग्राहकको सहजताका लागि “नागरिकता भए पुग्छ !” भन्ने नाराका साथ शून्य प्रतिशत (०%) ब्याजदरमा सजिलो ईएमआई सुविधा र ‘सिजी इलेक्स’ मार्फत पुरानो सामान साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजीका यी उत्पादनहरू देशभरका २२ वटा सिजी डिजिटल शोरुम तथा आधिकारिक बिक्री केन्द्रहरूबाट खरिद गर्न सकिन्छ।
बिक्रीपछिको सेवालाई सहज बनाउन ‘सिजी केयर एप’ र ४० वटा सेवा केन्द्रहरू सञ्चालनमा रहेका छन् भने यो योजना भाद्र २६ गतेदेखि सीमित अवधिका लागि लागू भइसकेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment