सुनको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजार ७०० ले घट्यो

डिसी नेपाल
६ असोज २०८३ ११:०३

काठमाडाैं। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ।

मूल्य घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार १ हजार ३०० रुपैयाँले घट्दै सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको थियो भने आइतबार २ हजार १०० रुपैयाँ बढेर प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो।

सुनसँगै मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार १० रुपैयाँले बढेर चाँदीको मूल्य ४ हजार ८०५ रुपैयाँ र आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *