अमेरिकी मिडियाहरूले ह्वाइट हाउसको टिभी पूल कभरेज नगर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै केही मिडिया आउटलेटहरू (सीएनएन, एमएस नाउ र पोलिटिको) लाई ह्वाइट हाउसबाट ‘प्रतिबन्ध’ लगाएका थिए। यसको जवाफमा अमेरिकाका प्रमुख मिडिया आउटलेटहरूले ह्वाइट हाउसको ‘टिभी पुल’ कभरेज नगर्ने निर्णय गरेका छन्।
वास्तवमा, ‘टिभी पुल’ कभरेज एउटा यस्तो व्यवस्था हो जसअन्तर्गत विभिन्न मिडिया संस्थाहरूले राष्ट्रपतिका कार्यक्रमहरूको कभरेज आपसमा सेयर (साझा) गर्दछन्, जसबाट स्रोत र साधनको बचत हुन्छ।
फक्स न्युजका वासिङ्टन ब्युरो प्रमुख ब्रायन बोटनले एक इमेलमा भनेका छन्, ‘सोमबारदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पका ती कार्यक्रमहरूको कभरेजका लागि टिभी पुलले काम गर्ने छैन, जसलाई पुल कभरेजका रूपमा निर्धारण गरिएको छ।’
इमेलमा ह्वाइट हाउसले ट्रम्पको न्युयोर्क भ्रमणका क्रममा सीएनएनलाई आफ्नो कभरेजको जिम्मेवारी निभाउनबाट रोकेको उल्लेख गरिएको छ। त्यसपछि टिभी नेटवर्कले पुल कभरेज बन्द गर्ने निर्णय गरेको हो। इमेलमा यसको सट्टा कुनै नयाँ पुल टोली नबनाइने कुरा पनि जनाइएको छ।
एबीसी, सीबीएस, सीएनएन, फक्स न्युज र एनबीसीले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “मानिसहरूका लागि आफ्नो सरकारका बारेमा सही र स्वतन्त्र जानकारी पाउनु निकै आवश्यक छ। कुनै पनि प्रशासनले कुनै समाचार संस्थाको समाचारप्रति असहमति भएकै कारण उसलाई प्रतिबन्धित र्नु हुँदैन।”
यी पाँचै नेटवर्कहरू ती प्रमुख अमेरिकी टिभी संस्थाहरूमा पर्छन्, जससँग ह्वाइट हाउस र राष्ट्रपतिका कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण (लाइभ टेलिकास्ट) गर्नका लागि आवश्यक वित्तीय स्रोत र प्राविधिक पूर्वाधार रहेको छ।
अन्य धेरै अमेरिकी मिडिया संस्थाहरूले पनि पुलअन्तर्गत हुने कार्यक्रमहरूको कभरेजमा सहभागी नहुने घोषणा गरेका छन्। न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टसहित केही संस्थाहरूले सोमबार ट्रम्पका कार्यक्रमहरूका तस्बिरहरू सेयर नगर्ने बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment