इरानी एयरलाइन्सलाई छिमेकी देशको आकाशमा प्रवेश निषेध

डिसी नेपाल
६ असोज २०८३ १४:२७

काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सेप्टेम्बर २३ देखि विश्वभर इरानी एयरलाइन्सका लागि हवाई क्षेत्र बन्द गरिने घोषणा गरेका छन्।

यसपछि टर्की, इराक र जर्जियाले इरानी एयरलाइन्सलाई आफ्नो-आफ्नो देशमा प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्।

एएफपीको रिपोर्टअनुसार इराकका दुई अधिकारीहरूले सोमबार अमेरिकी ट्रेजरी विभागको घोषणापछि इराकले इरानी एयरलाइन्सका उडानहरू निलम्बन गर्ने बताएका छन्।

यसपछि जर्जियाले पनि इरानी एयरलाइन्सलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।

यसअघि शनिबार इरानी एयरलाइन ‘महान एयर’ ले टर्की सरकारको अनुरोधमा टर्कीका लागि आफ्ना उडानहरू निलम्बन गरेको घोषणा गरेको थियो। टर्कीका तर्फबाट उडानहरू रोक्न भनिएको कम्पनीले जनाएको थियो।

करिब दुई हप्ताअघि अमेरिकी ट्रेजरी विभागले २७ वटा इरानी एयरलाइन्सलाई आफ्नो प्रतिबन्धको सूचीमा समावेश गरेको थियो। त्यसपछि अब इरानका विमान कम्पनीहरूमाथि दबाब अझ बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *