विचार मिल्ने घटकहरूसँग एकताका लागि नेपाली कम्युनिस्ट पार्टीद्वारा वार्ता समिति गठन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले विचार मिल्ने कम्युनिस्ट घटकहरूसँग पार्टी एकता तथा ध्रुवीकरणको पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेको वार्ता समिति गठन गर्ने निर्णय गरेको हो। नवगठित समितिलाई विचार मिल्ने, देशभक्त तथा गणतन्त्रवादी दल वा समूहहरूसँग एकता र सहकार्यका लागि आवश्यक संवाद अघि बढाउने जिम्मेवारी दिइएको छ।
बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रकाश ज्वालाले मुलुकमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणका लागि सबै पक्षसँग सकारात्मक रूपमा वार्ता प्रक्रिया अघि बढाइने बताए।
आइतबारदेखि सुरु भएको केन्द्रीय कार्य संयोजन समितिको बैठकका लागि तय गरिएका आठबुँदे कार्यसूचीमा ‘विभिन्न पक्षलाई पार्टीमा समाहित गर्ने’ विषयलाई पनि प्राथमिकताका साथ राखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment