किसानका लागि रासायनिक मल खरिद गर्न १० अर्बको स्रोत सहमति, टेन्डर प्रक्रिया अघि बढाइँदै
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी सिजनमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न तयारी अघि बढाएकी छन्।
आगामी सिजनका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
मन्त्री चौधरीले समयमै मलको व्यवस्थापन गरी किसानले खेतीको मुख्य सिजनमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएकी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment